×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : पाल्पामा नेपाल एसबिआई बैंकको चरम लापरवाही, कोरोनामुक्त भईन् हेटौँडाकी महिला !

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पाल्पामा सामाजिक दुरी कायम नगरी नेपाल एसबिआई बैंकमा सेवाग्राहीहरुको भिडदेखि कोरोनामुक्त भएकी हेटौँडाकी महिलासम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।

हेरौं सातै प्रदेशका फोटो समाचार :
बन्दाबन्दीमा तानसेनको सिल्खानटोलस्थित नेपाल एसबिआई बैंकमा पेन्सन झिक्न आएका वृद्धवृद्धा । भूपू भारतीय सेनाको पेन्सन नेपाल एसबिआई बकबाट बुझ्न व्यवस्था गरिएको छ । तर सामाजिक दुरी कायम गरेको देखिएन । 
कोरोना सङ्क्रमण देखिएपछि गत बुधबार भरतपुर अस्पतालमा उपचारका लागि आउनु भएका हेटौँडा घर भएका पाँच महिनाकी गर्भवती महिला कोरोना जितेर आइतबार अस्पतालबाट श्रीमानको साथमा घर फर्किदै  ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई रु ५५ हजार ५५५ आइतबार हस्तान्तरण गर्दै नेपाल कम्युनिष्ट पार्टी शुक्लागण्डकीका अध्यक्ष मुक्ति तिमिल्सिना । नगरपालिकाले खडा गरेको कोरोना कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सहयोग गरेको हो ।

सघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको  प्रतिनिधिसभाको बैठकमा  आव २०७७/ ०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । 
पाल्पाको रामपुर नगरपालिका–१ र तनहुँको घिरिङ्ग गाउँपालिका–१ जोड्ने कालीगण्डकीको पुट्टारघाटमा निर्माणाधीन पुल । बन्दाबन्दीका बाबजूद  कोरोनाको कहरले गाउँ फर्केका ५५ युवालाई परिचालन गरेर पुल निर्माण भइरहेको छ । 
नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा परेवालाई चारो दिँदै  भक्तजन ।
काठमाडौँको दक्षिणकालीस्थित फर्पिङ जाने सडकमा गाडी रोकी काफल टिपेर खाँदै स्थानीयवासी  । 
मुगु जिल्ला खत्याड गाँउपालिका—५ हलेखाडामा गाँउपालिकाले स्थापना गरेको प्लाष्टिकको क्वारेन्टिन  ।  भारतबाट फर्केका खत्याडवासीलाई मापदण्ड अनुसारको क्वारेन्टिन नहुँदा  यहाँ बस्नेलाई समस्या भएको छ ।
कैलालीको चुरे गाउँपालिका–५ गुणी गाउँमा विद्युत् विस्तारका लागि पोल गाड्दै स्थानीयवासी । 
चन्दननाथ नगरपालिका –९ श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माध्यामिक विद्यालयमा क्वारेन्टाइन बनाउने क्रममा स्थानीयवासीले अवरोध गरेपछि उनीहरुलाई सम्झाउँदै नगरप्रमुख कान्तिका सेजुवाल । गाउँमा कोरोना भाइरसको सङ्क्रमणको त्रासका कारण उनीहरुले सो विद्यालयमा क्वारेन्टाइन बनाउन नदिएका हुन् । 
पाल्पाको रैनादवी छहरा गाउँपालिका–२ दिगस्थित भगवती आधारभूत विद्यालयका विद्यार्थी सामाजिक दूरी कायम गरी अध्ययन गर्दै  । शिक्षकले विद्यार्थीलाई पायक पर्ने स्थानमा पढाउन थालेका छन् । 
अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकामा चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थल ।  आयोजनामा मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेपछि यतिबेला ४८ देखि ५० मेगावाटसम्म बिजुली उत्पादन हुन थालेको छ ।
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन आइतबार नेपाली सेनाको सलामी ग्रहण गर्दै । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रमुख शेरचन प्रदेशसभा बैठक सञ्चालन भइरहेको पोखरा सभागृहमा पुग्नुभएको हो । 
कैलालीको टीकापुर नगरपालिका –१ मा अपाङ्गता भएकालाई वितरण गरिएको राहत । नगरपालिकाका वडाध्यक्ष गंगाराम आचार्यले एक हजारभन्दा बढी अपाङ्गता भएकालाई राहत वितरण गर्नुभएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको राष्ट्रियसभाको बैठकमा राजश्व र व्ययको वार्षिक बजेटमाथिको छलफलमा आफ्नो भनाइ राख्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ । 
कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रण र उपचारका लागि खटिएका जिल्ला अस्पताल बैतडीका स्वास्थ्यकर्मीलाई नेपाली काँग्रेस नेत्री आरजु राणा देउवा अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले आइतबार औषधि र व्यक्तिगत सुरक्षा सामग्री प्रदान गर्दै । 
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे मोरङको निर्वाचन क्षेत्र ४ (ख) कटहरी १ मा निर्माण भइरहेको  विभिन्न योजनाको आइतबार अनुगमन गर्दै । निर्वाचन क्षेत्र विकास कोषमार्फत कटहरी –१ महेशपुरमा निर्माण भइरहेको  लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी–२ को किसान मार्ग सडक, कटहरी–३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन  र शैलेश मन्दिरको अनुगमन गर्नुभएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: