×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : पाँचथरमा विदेशबाट आउनेको स्वाब परीक्षणपछि मात्रै गाउँ पठाउन माग

PRIME CA
GLOBAL IME BANK

कोरोना त्रास : पाँचथरमा विदेशबाट आउनेको स्वाब परीक्षणपछि मात्रै गाउँ पठाउन माग

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

पाँचथर
पाँचथर । पाँचथरका पालिकाका प्रमुखहरुले भारतसहित विदेशबाट आउने नागरिकलाई स्वाब परीक्षण गरेपछि मात्रै गाउँ पठाउन माग गरेका छन् । जिल्ला समन्वय समितिले अहिले फिदिममा आयोजना गरेको भेलामा पालिकाका प्रमुखहरुले विदेशबाट आएकाको स्वाब परीक्षण नगरी गाउँ पठाउँदा उत्पन्न हुने परिस्थिति सामना गर्न कठीन हुने बताएका हुन् । द्रूत डाइग्नोष्टिक परीक्षण (आरडीटी) विश्वासनीय नभएको बताउँदै उनीहरुले पीसीआरपछि मात्रै विदेशबाट आएकालाई गाउँ पठाउन माग गरेका छन् । 
अध्यक्ष लिङ्देनले बिना परीक्षण विदेशबाट ल्याइएकालाई गाउँ पुर्याउँदा सङ्क्रमण फैलने डरसमेत उत्तिकै रहने बताउनुभयो । भारतसहित अन्य देशमा अलपत्र परेका तथा उद्धार गर्नुपर्ने अवस्थाका नागरिकलाई गाउँमा ल्याएर राख्ने विषयमा पालिकाका जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् । उनीहरुले विदेशबाट ल्याइने नागरिककै कारण गाउँ–गाउँमा कोभिड–१९ को सङ्क्रमण फैलन त्राससमेत व्यक्त गरेका छन् । 
तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले सदरमुकाम आसपासमा व्यवस्थित क्वरेन्टीन निर्माण गरी विदेशबाट आउनेहरुलाई दुई हप्तासम्म राख्ने प्रबन्ध गर्न आग्रह गर्नुभयो । सदरमुकाम बाहिरका पालिकाहरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पर्याप्त नहुँदा विगतमा क्वरेन्टीन सञ्चालन एवम् सुरक्षा कायम गर्न कठीनाई परेको जिल्लाको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ तथा कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको निश्कर्ष छ । विगतमा विदेशबाट आएका, तिनको सम्पर्कमा पुगेका तथा जिल्ला बाहिरबाट ल्याइएकालाई यहाँका क्वरेन्टीनमा राखिएको थियो । क्वरेन्टीनमा राख्दा अनावाश्यक झन्झट ब्यहोर्नपरेको तथा क्वरेन्टीनमा बस्नेले अनावाश्यक सुविधा खोजेको पालिकाका जनप्रतिनिधिहरुको साझा गुनासो छ ।-रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: