×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्वतमा सवारी पास वितरण कार्य बन्द, जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो सूचना…(सूचनासहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पर्वतमा सवारी पास वितरण कार्य बन्द, जिल्ला प्रशासन कार्यालयले निकाल्यो यस्तो सूचना…(सूचनासहित)

Artha Sarokar

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्वत – पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन सवारी साधनको पास वितरण बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ । 
प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमद्वारा जारी सूचनामा बन्दाबन्दीको अवधिमा अत्यावश्यक पसलबाहेक अन्य पसलहरु बन्द गर्न पनि आग्रह गरिएको छ । त्यसैगरी जिल्ला भित्रिनेहरुका लागि स्वास्थ्य चेकजाँचमा कडाइसमेत गरिएको छ । पर्वतलगायत धौलागिरिमा भित्रिने मुख्य नाका पर्वतको मोदी गाउँपालिकास्थित डिमुवामा रहेको हेल्थ डेस्कमा मात्रै आठ हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको मोदी गाउँपालिकाले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी