
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाको कार्यालयमा आगलागी भएको छ । बुधबार मध्यान्न १२ बजेतिर कार्यालयको सभाहलमा आगलागी भएको हो । सभाहलमा राखिएको ब्याट्री सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आलागीबाट करिब १० लाख मूल्य बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाकै दमकलको सहायताले स्थानीय र सुरक्षाकर्मी मिलेर आगलागी नियन्त्रणमा लिइएको उपप्रमुख सलमा खातुनले बताईन् । इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले क्षतिको यकिन विवरण संकलन भइरहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्