
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मंगलबार नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पर्सामा मात्रै ३९ जना भेटिएका हुन् । उनीहरु सबै वीरगञ्ज महानगरपालिका छपकैयका रहेको खुलेको हो । यसअघि छपकैयाका एकै परिवारका १७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि उक्त स्थानमा ६ सय जनाको नमुना संकलन गरिएको थियो । काठमाडौँमा गरिएको परिक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको हो । सबै परिक्षण नसकिएकोले संक्रमितिको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
छपकैया वस्ती महानगरको १ , २ र ३ गरी ३ वटा वडामा फैलिएको महानगरका मेयर विजयकुमार सरावगीले जानकारी दिए । यसअघि देखिएका कोरोना संक्रमितलाई नारायणी उपक्षेत्रिय अस्पतालमा राखिने गरिएको भएपनि त्यहाँ स्थान अभाव भएको मेयर सरावगीले बताए ।
अहिले देखिएका संक्रमितलाई सिदार्थ माध्यामिक विद्यालयमा रहेको सेमी आइसोलेसनमा राखिने बताए । उनीहरुलाई कहाँ राख्ने भन्ने बारे छलफल भइरहेको पनि मेयर सरावगीले जानकारी दिए । आज फेला परेकासहित नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्