×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको मुम्बईबाट पर्साको ठोरी सीमा आइपुगेका २४ जना नेपालीलाई पुन: भारततर्फ नै फर्काइयो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतको मुम्बईबाट पर्साको ठोरी सीमा आइपुगेका २४ जना नेपालीलाई पुन: भारततर्फ नै फर्काइयो !

Artha Sarokar

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्साको ठोरी नाकामा आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ । भारतको मुम्बईबाट पाँच दिन लगाएर आइतबार उक्त नाकामा आइपुगेका उनीहरुलाई नेपाल प्रवेशमा रोक लगाई भारततर्फ नै फिर्ता पठाइएको हो । 
ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक दिपक दाहालले माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको बताए । यसो त नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । माथिको निर्देशन विना कसैलाई पनि प्रवेश अनुमति नरहेको उनले बताए । मुम्बईबाट आउनेमा चितवनका २१ जना , मकवानपुरका १ जना, नवलपरासीका १ जना र धनगढीका १ जना रहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी