×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको ‘डेन्जर जोन’मा पर्सा, संक्रमितको संख्या ६४ पुग्यो, अझै हुन सक्छ संक्रमणको बर्षा !

GLOBAL IME BANK
SHREE KESH

कोरोनाको ‘डेन्जर जोन’मा पर्सा, संक्रमितको संख्या ६४ पुग्यो, अझै हुन सक्छ संक्रमणको बर्षा !

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । पर्सा जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । प्रदेश नम्बर २ को पर्सामा मंगलबार ३९ जना नयाँ कोरोना संक्रमित व्यक्ति थपिएसँगै संक्रमितको संख्या ६४ पुगेको हो ।
यस्तै प्रदेश नम्बर २ को बारा, रौतहट र धनुषा र सप्तरीमा पनि कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा ३, रौतहटमा ३, धनुषा र सन्तरीमा १.१ जनामा कोरोना पुष्टि भइसकेको छ । 
यसअघि पर्साको छपकैया स्थिति भेटिएका मध्ये १८ जना एकै परिवारका सदस्य भएको पाइएको थियो । आज थप ५७ जना भेटिएसँगै देशभर कोरोना संक्रमितको संख्या १९१ जना पुगेको छ भने ३३ जना निको भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: