×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा जेठ ३ गते यता कोरोना संक्रमित शून्य, स्वाव संकलन कार्य जारी

PRIME CA
GLOBAL IME BANK

पर्सामा जेठ ३ गते यता कोरोना संक्रमित शून्य, स्वाव संकलन कार्य जारी

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

पर्सा
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पर्सामा जेठ ३ गतेयता नयाँ कोरोना संक्रमण देखिएको छैन । जेठ ३ मा दुईजनामा कोरोना संक्रमण पुष्टि भए पनि त्यसयता नयाँ संक्रमण नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । पर्सामा पहिलो पटक चैत २९ गते ३ जना भारतीयमा कोरोनाको संक्रमण फेला परेको थियो । तर वैशाख महिना भने पर्साका लागि सुखद् रहेन ।
वैशाखमा मात्रै ८२ जना संक्रमित भए । वैशाख १४ मा २ जना, वैशाख १५, १७ र २१ मा एक र एक जना, वैशाख २४ मा १७ जना, वैशाख ३० मा एकैदिन सबैभन्दा बढी ५७ जना, वैशाख ३१ मा ३ जना संक्रमित फेला परेका थिए । जेठ २ मा ४ जना र जेठ ३ मा २ जना संक्रमित भेटिएका थिए । पर्सामा अहिलेसम्म कूल संक्रमितको संख्या ९१ जना छ । पुष्टि भएकामध्ये तीन जना भारतीय नागरिक छन् भने ८८ जना नेपाली नागरिक छन् । पर्सामा संक्रमित भेटिएका तीनजना भारतीय नागरिकलाई वैशाख १४ गते डिस्चार्ज गरिएको थियो । तर एकजना भारतीयमा पुनः संक्रमण देखिएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको छ ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका मेसु डा.मदन उपाध्यायले जेठ ३ गतेयता नयाँ संक्रमण नभेटिनुमा परीक्षणको दायरमा आएको कमीलाई मान्दछन् । कन्ट्याक ट्रेसिङ कार्यदलका संयोजक एवं पर्साका जनस्वास्थ्य प्रमुख कामेश्वरप्रसाद चौरसियाका अनुसार कन्ट्याक ट्रेसिङ गरिएका २५० जनाभन्दा बढीको स्वाब संकलन हुन बाँकी छ । 
कन्ट्याक ट्रेसिङ गरिएका मध्ये २३२ जनाको भने स्वाब संकल भइसकेको उनले बताए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार जिल्लामा ५५० भन्दा बढीको कन्ट्याक ट्रेसिङ गरिएको छ । ‘किट र भीटीएम अभावले उनीहरु मध्ये २५० भन्दा बढीको स्वाब संकल हुन पाएको छैन,’ सहायक प्रजिअ बस्नेतले भने । वीरगञ्जस्थित नारायणी अस्पतालमा ७१ जना र गण्डक कोभिड अस्पतालमा २५ जना गरी ९६ जना कोरोना संक्रमित पर्सामा उपचाररत छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: