
- अर्थसरोकार सम्बाददाता
काठमाण्डौ । सरकारले बिहीबार (आज) देखि लकडाउनलाई पुनः कडा पारेको छ । योसँगै सरकारले अधिकांश क्षेत्रका मानिसलाई आवतजावत गर्न सवारी पास अनिवार्य गरेको छ । तर, लकडाउन कडा पारे पनि केही क्षेत्रमा आबद्धहरुलाई भने सवारी पास आवश्यक नपर्ने गृह मन्त्रालयले जनाएको छ । नौ क्षेत्रमा आबद्धहरुको हकमा उनीहरु सम्बद्ध संस्थाको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने मन्त्रालयले जनाएको छ ।
गृहका अनुसार एम्बूलेन्स, शव बाहन, दमकल, झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग, व्यक्ति तथा संघसंस्थाहरु, सूचना विभागबाट जारी भएका प्रेस पास प्राप्त संचारकर्मीहरु, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिस्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारी, औषधि उत्पादन ढुवानी र बिक्री वितरणमा संलग्न हुने जनशक्तिहरु, खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति, ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधनहरुका लागि छुट्टै सवारी पास नचाहिने बताइएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्