
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नं ७ शिवचोकका ३५ वर्षीय पुरुषमा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार गरिएको थियो ।
पछिल्लो दुईपटकको सो परीक्षणका क्रममा नेगेटिभ आएपछि दुवैलाई घर पठाइएकामा हाल दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा कार्यरत रहेको नगरपालिकाले जनाएको छ । दुवै ङ्क्रमितमा नेगेटिभ प्रतिवेदन प्राप्त भएको खबरपछि नगरपालिकाको जनजीवन सामान्य बनेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्