
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ हजार ३६ जनाको नमूना परीक्षण भएको छ । ३ हजार ४ सय १३ जनाको पिसिआर र ३ हजार ६ सय २३ जनाको आरडिटि गरी ७ हजार ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुने नमूनाको संख्या १ लाख १७ हजार ४ सय ३१ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। ३८ हजार ७ सय ३६ जनाको पिसिआर र ७८ हजार ६ सय ९५ जनाको आरडिटिबाट परीक्षण भएको हो ।
यस्तै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ भने मृतकको संख्या तीन पुगेको छ । साथै बिहिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना उपचारपछि डिस्जार्च भएका छन् । यो सँगै नेपालमा डिस्जार्च हुनेको संख्या ४९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्