काठमाडौँ – भारतको दिल्ली सरकारले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । कोरोना भाइरसले अर्थव्यवस्थामा पारेको असर र घट्दो राजस्वलाई ध्यानमा राखेर भारतले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको हो । दिल्ली सरकारले मंगलबार पेट्रोल मूल्य लिटरमा भारु १.६७ रुपैयाँ र डिजेल लिटरमा भारु ७.१० रुपैयाँ बढाएको छ । राज्य सरकारले पेट्रोल र डिजेलमा भ्याट बढाएसँगै मूल्य पनि बढेको हो।
दिल्ली सरकारले पेट्रोलको भ्याट बढाएर २७ प्रतिशतबाट ३० प्रतिशत पुर्याएको छ। डिजेलमा १६.७७ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याइएको छ । योसँगै दिल्लीमा अब पेट्रोल प्रतिलिटर भारु ७१.२६ र डिजेल भारु ६९.२९ पुगेको छ।
कोरोनाभाइरस रोकथामका लागि गत ४० दिन भारत लकडाउनमा थियो। यस्तोमा भारत सरकारको राजस्वमा निकै नोक्सानी भएको थियो । यसैगरी दिल्ली सरकारले मदिरामा पनि ७० प्रतिशत कोराना विशेष शुल्क लगाउने निर्णय लागू गरिसकेको छ। – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्