
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले अर्थ समितिको बैठकमा कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव, आगामी आवाको बजेटका प्रथामिकतालगायत समसामयिक विषयमा अर्थ विज्ञसँग छलफलदेखि लकडाउनको उल्लङ्घन गरी विना पास ललितपुरको जाउलाखेल आसपासमा बिहीबार चलाइएको सवारीसाधन सुरक्षाकर्मीको नियन्त्रणमासम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
संघीय संसद, अर्थ समितिको बिहीबार सिंहदरबार बसेको बैठक । बैठकमा कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव, आगामी आवाको बजेटका प्रथामिकतालगायत समसामयिक विषयमा अर्थ विज्ञसँग छलफल भएको थियो ।

लकडाउनको उल्लङ्घन गरी विना पास ललितपुरको जाउलाखेल आसपासमा बिहीबार चलाइएको सवारीसाधन सुरक्षाकर्मीको नियन्त्रणमा ।

झापाको कमल गाउँपालिका –७ गेउरियाका किसान गणेशबहादुर केरुङ्गले लगाएको चैते धान । यस वर्ष समयसमयमा पानी परेको र धानमा रोग नदेखिएकाले उब्जाउ बढ्ने अनुमान जिल्ला कृषि ज्ञान केन्द्रको छ ।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्, शिक्षा तथा स्वास्थ्य समितिको बैठक । बैठकमा कोरोना भाइरसका सम्बन्धमा छलफल भएको थियो ।

बाह्रदशी गाउँपालिका –७ का कृषक बलराम राजवंशी मकै भाँच्दै । चार बिघा क्षेत्रफलमा लगाइएको मकै खेतीबाट उहाँलाई वार्षिक रु चार लाखदेखि पाँच लाखसम्म आम्दानी हुन्छ ।

नवलपरासी (बर्दघाट– सुस्ता पश्चिम)प्रतापपुर –५ कठहवामा केराको बिरुवा राख्न प्लास्टिकको थैलामा माटो भर्दै कृषक । यस जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन हुँदै आएको तथ्याङ्क छ ।

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु (गागा) मा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा निगरानी चौकी (विओपी) का लागि आवश्यक सशस्त्र प्रहरीसहित खाद्यान्न र बन्दोबस्तीका सामान झार्दै नेपाली सेनाको हेलिकप्टर ।

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका (१ छाङ्रु ९गागा० मा हालै स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी ९विओपी० मा बिहीबार बिहान सीमा क्षेत्रमा गस्ती जाने तयारी गर्दै सशस्त्र प्रहरी ।

बन्दाबन्दीमा तनहुँको व्यास नगरपालिका–६ बाह्रबीसेका रामलाल श्रेष्ठ बिक्रीका लागि मुढा बुन्दै ।

तुलसी बाल अस्पताल दाङको आइशोलेसन वार्डमा जुम्ल्याहा शिशु जन्माउनुभएका तुलसीपुर–१३ फूलबारी निवासी अनिता यादव ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधाका लागि डोेटीको झिग्रानामा निर्माणाधीन होमस्टे ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्