×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : तुलसीपुरमा प्राइम बैंकको चरम लापरवाही, गिट्टी कुटेर खानेलाई ‘नो लकडाउन’ ! (फोटो-कथा)

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले प्राइम बैंक तुलसीपुरमा सामाजिक सुरक्षा भत्ता लिन आएकाहरुले सामाजिक दुरी कायम नगरेकोदेखि गिट्टी कुटेर खानेलाई ‘नो लकडाउन’ दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
लकडाउन अवधिमा सामाजिक सुरक्षा भत्ता लिन तुलसीपुर उपमहानगरपालिकाको बैंक अगाडि लामबद्ध वृद्धवृद्धाको भीड ।
बर्दियाको गुलरिया नगरपालिका–४ बगहीका कृषकले स्थानीय बबइ नदी किनारको बगरमा फलाएको खरबुजा । लकडाउनका कारण पाकेको खरबुजाले बजार नपाएपछि बारीमै खेरजाने चिन्तामा कृषक छन् ।

काठमाडौँ महानगरपालिका– १४ स्थित ज्ञानतीर्थ संरक्षण समाजले आर्थिक अवस्था कमजोर भएका गरीब वर्गलाई राहत वितरणका लागि तयारी गर्ने क्रममा सहभागी ।

कृष्णपुर नगरपालिका–२ स्थित इँटाभट्टामा काम गर्दै आएका भारतीय मजदुर घर जान पैदल हिँडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा आइपुगेपछि आइतबार सशस्त्र प्रहरीले कार्य क्षेत्रतर्फ नै फर्काएको हो ।
बन्दाबन्दी अवधिमा सिंजा सडक छेउमा बसेर गिट्टी कुट्दै जुम्ला, चन्दननाथ नगरपालिका –७ का महिला । उनीहरु गिट्टी कुटेर घरखर्च चलाउन बाध्य छन् ।
लकडाउन अवधिमा पर्यटकीय नगरी पोखराको फेवाताल वरिपरिका तस्बिर लिन निस्किएका फोटो पत्रकार । छाक टार्न समस्यामा भएका विद्यार्थीलाई खाद्यान्न हस्तान्तरण गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को भ्रातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य मनोज राई । लकडाउनयता कैलालीमा ७६८ जनालाई राहत वितरण गरिएको अनेरास्ववियुले जनाएको छ ।
पोखराको सिर्जनाचोकमा उपभोक्ताले खरीद गरेको माछा सफा गर्दै खपौँदीकी बुद्ध जलाहारी । उहाँले दुई दशकदेखि माछा बिक्री गर्दै आउनुभएको छ ।


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: