×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : बैंकमा लाग्यो पेन्सनपट्टा लिनेहरुको भिड, लकडाउनले छेकेन हिडेरै घर जानेहरुलाई !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : बैंकमा लाग्यो पेन्सनपट्टा लिनेहरुको भिड, लकडाउनले छेकेन हिडेरै घर जानेहरुलाई !

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बैंकमा आएका सेवाग्राहीहरुले सामाजिक दुरी कायम नगरेकोदेखि सुदुरपश्चिम प्रदेशको दार्चुलाबाट प्रदेश नं २ को सप्तरी जान कैलालीको अत्तरियामा आइपुगेका सर्वसाधारणसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
कैलालीको धनगढीमा रहेको नेपाल एसबिआई बैंकमा सामाजिक दुरी कायम नगरी बसेका सेवाग्राही । 
सुदुरपश्चिम प्रदेशको दार्चुलाबाट  प्रदेश नं २ को सप्तरी जान कैलालीको अत्तरियामा आइपुगेका सर्वसाधारण । 
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा संघीय संसद अर्थ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा मन्तव्य व्यक्त गर्दै । बैठकमा अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव र आगामी बजेटको सम्बन्धमा छलफल भएको थियो  । 
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आव २०७५/०७६ को वार्षिक प्रतिवेदन सोमबार प्रस्तुत गर्दै महान्यायाधिवक्ता अग्नि खरेल ।
झापाको कमल गाउँपालिका –७ मेमेङ टोलका कृषकले लगाएको चैतेधान । कमलका किसानले पछिल्ला वर्षमा चैते धानखेती गर्दै आएका छन् । 
कपिलवस्तुको शिवपुरमा धानको बीउ छर्दै महिला । लकडाउनका कारण  नयाँ हाइब्रिड धानको बीउ नपाइएपछि घरमा रहेकै धानको बीउ राखिएको कृषक बताउँछन् ।
सोमबार बिहान भइरहेको हल्का वर्षामा सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय परिसरबाट कार्यकक्षतर्फ जाँदै कर्मचारी ।
ओखलढुंगा, चम्पादेवी– ६ की द्वन्द्वपीडित  पद्मकुमारी  र उनका छोरा रमेश घिमिरेले वितरण गरेको राहत बुझ्दै विपन्न परिवार । घिमिरेले वडाका १५ विपन्न परिवारलाई  ४० हजार बराबरको खाद्यान्न  वितरण गर्नुभएको छ । 
प्रदेश नं १ को कोभिड–१९ को उपचार केन्द्र कोशी अस्पताल विराटनगरलाई राष्ट्रिय युवा सङ्घ मोरङले रु ८५ हजारको लागतमा निर्माण गरी प्रदान गरेको  कोभिड–१९ नमूना सङ्कलन बुथ । केन्द्रमा अहिले ३१ जना कोरोना भाइरसको सङ्क्रमित बिरामीको उपचार भइरहेको छ ।
प्रवासमा रहेका बागलुङका नेपालीले रकम सङ्कलन गरेर धौलागिरि एकीकृत ग्रामीण स्रोत विकास केन्द्र (डिआईआरडिसी) मार्फत जिल्ला जनस्वास्थ्य कार्यालयलाई रु एक लाख ७२ हजार बराबरको ७० थान पिपिई , चार हजार थान मास्क र पञ्जा स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौलाई हस्तान्तरण गर्दै केन्द्रका अध्यक्ष केबी राना मगर । 
बेनी नगरपालिका– २ बगरफाँटका किसान डेकबहादुर कार्कीले व्यावसायिक रुपमा केसी पोल्ट्री फर्ममा  पालेका कुखुरा । फर्ममा दुई हजार ब्रोइलर कुखुरा छन्  । लकडाउनका कारण बजारमा कुखुराको माग कम भएको र उचित मूल्य नपाएपछि कार्की चिन्तित छन् ।
कास्कीको माछापुच्छ«े गाउँपालिका–५ मा अवस्थित मनमोहक  झरना । पोखरा(२५ मिलनचोकबाट  सिडिङ जाने बाटोमा पर्ने  सो झरना  आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । 
गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको चक्लाबन्दी प्रवद्र्धन कार्यक्रमअन्तर्गत कास्कीको माछापुच्छ«े गाउँपालिका–३ तल्लाखेतका कृषकको १०३ रोपनी जमीन एकीकरण गरी चक्लाबन्दी खेतीका लागि समथर बनाइँदै ।
बन्दाबन्दीमा पोखरा –७ टोलविकास संस्थाले बिक्रीवितरण गर्दै आइरहेको ताजा तरकारी किन्दै घारीपाटनका उपभोक्ता । संस्थाले हरेक दिन  कृषककै बारीमा पुगेर ताजा तरकारी सङ्कलन गरी टोलटोलमा सुपथ मूल्यमा बिक्रीवितरण गर्दै आएको छ । 
लकडाउनका कारण रगत अभाव भएपछि  नेपाल रेडक्रस सोसाइटी चौतारा उपशाखाद्वारा सोमबार चौतारामा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदाता ।  सो कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: