×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : तनहुँमा बैंकको चरम लापरवाही, खुशी हुँदै घर फकिईन् चितवनकी संक्रमित (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : तनहुँमा बैंकको चरम लापरवाही, खुशी हुँदै घर फकिईन् चितवनकी संक्रमित (फोटो-कथा)

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले दमौलीको एक बैंकको शाखामा सामाजिक दुरी कायम नगरी लागेको सर्वसाधारणको भीडदेखि चितवनकी ६३ वर्षीया महिला खुशी हुँदै घर फर्किएकोसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
तनहुँको दमौलीस्थित एक बैंकमा बुधबार सर्वसाधारणको भीड । बैंक तथा वित्तीय संस्थाले सुरक्षा सतर्कता नअपनाउँदा बैंकको शाखा कार्यालयमा सर्वसाधारणको अस्वाभाविक भीड बढेको छ । 
कोरोना  भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेशनमा रहेकी राप्ती नगरपालिका–८ की ६३ वर्षीया बुधबार कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किँदै । साथमा चिकित्सक, स्वास्थ्यकर्मी र  यसअघि कोरोना मुक्त  २७ वर्षीय उहाँका छोरा  ।
भक्तपुरको मध्यपुर थिमि–४ शङ्खधर चोकस्थित यच्चु पार्टी प्यालेससँगैको घरमा बस्ने एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा डोरीमार्फत रोक लगाउँदै सुरक्षाकर्मी ।
काठमाडौँको खुला मञ्चमा अलपत्र परेका मजदुर, गरिब, असहाय एवं सडक मानवलाई सिद्धाश्रम शक्ति केन्द्र काठमाडौँले  खाना खुवाउँदै । 
रामपुर नगरपालिका–५  बेझाड बजारमा ग्राहकको प्रतीक्षामा बसेका तरकारी तथा फलफूल व्यापारी । बन्दाबन्दीको बाबजूद  बिहानबेलुका  उपभोक्तालाई ध्यानमा राखी  पसल खोलिएको छ । 
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको आइसियू, एनआइसियू र पिआइसियू कक्ष  बुधबार शुभारम्भ गर्दै । 
संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको  राष्ट्रियसभाको बैठकमा सहभागी  मन्त्री तथा सदस्य । 
नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) प्रतापपुर–६ गुठी प्रसौनीस्थित नेपाल–भारत सीमा नाका दशगजा क्षेत्रमा मातृभूमि प्रवेशको अपेक्षामा नागरिक । जिल्लाका विभिन्न नाकामा गरी करिब १५०  नेपाली अलपत्र  छन् ।
बाढी प्रभावित क्षेत्र कैलालीको दक्षिणीपूर्वी  क्षेत्र भजनी नगरपालिका –५ का कृषकले लगाएको चैतेधान । चैतमा रोपेर जेठमा काट्न मिल्ने भएकाले  किसानले पछिल्लो समय चैते धान लगाउँदै आएका छन् । 
सिन्धुलीको सुनकोशी गाउँपालिका– ५, बिपी राजमार्गस्थित रिठे भीरबाट देखिएको बिपी राजमार्ग र सुनकोशी नदीबीच रहेको मूलकोट बजार ।
भक्तपुरको मध्यपुर थिमिमा एक युवतीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि  यसक्षेत्रमा सवारी आगमन र  स्थानीयवासीलाई आवतजावतमा लगाएको रोक । 
नेपाल प्रेस युनियन चितवनले कार्यक्षेत्रमा खटिएका पत्रकारको पिसिआर परीक्षणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाउँदै युनियन चितवनका अध्यक्ष अनिल ढकाल र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई ।
दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा बोर्डर आउट पोष्ट ९बीओपी० स्थापनाका लागि सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नेपाल ५० नम्बर हेडक्वाटर दार्चुलाबाट सुरक्षाकर्मी व्यास जाँदै । सरकारले व्यासको सीमा सुरक्षाको लागि सशस्त्रको नयाँ विओपी राख्न लागेको हो । त्रिदेशीय सीमा क्षेत्र कालापानी नजिकै सशस्त्रको बीओपी स्थापना हुने भएपछि स्थानीयवासी खुसी छन् ।
नलगाड जलविद्युत् आयोजनाको काम शुरु । आयोजनाको पहुँच मार्ग निर्माणअन्तर्गत  बारेकोट गाउँपालिकाको अधेरीखोलामा कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण स्थगित  काम शुरु  भएको छ ।
दाङको तुलसीपुरस्थित तुलसी अस्पताल प्रालिले सञ्चालनमा ल्याएको आइसियु एम्बुलेन्स । जिल्लामा एउटा मात्रै सुविधायुक्त एम्बुलेन्स रहेको छ ।
लकडाउन कडाइ गरिएको भनिए पनि काठमाडौँको बानेश्वरस्थित बिजुुली बजारमा बुधबार गुडिरहेका सवारी साधन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: