×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : धौलागिरि अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण, सर्वसाधारण लकडाउनको उल्लङ्घन गर्दै

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले धौलागिरि अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोदेखि लकडाउन उल्लङ्घन गरेसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
धौलागिरि अञ्चल अस्पताल बागलुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै गोर्खा वेल्फेयर ट्रष्ट कार्यक्रमका निर्देशक दीपक श्रेष्ठ । अस्पताललाई रु तीन लाख ६५ हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
डोटीको दिपायलस्थित पिपल्ला बजारमा लकडाउन अवधिमा फलफूल तथा तरकारी किन्दै उपभोक्ता । 
पाल्पाको रामपुर नगरपालिका –५, बेझाड बजारको रामपुर युवा क्लबको प्राङ्गणमा मङ्गलबार राहत लिन सामाजिक दूरी कायम गरी लामबद्ध सर्वसाधारण । नगरपालिकाले वडाबाट दोस्रो चरणको राहत सामग्री वितरण शुरु गरेको छ ।
कपिलवस्तुको चन्द्रौटास्थित गोदाममा बेच्न राखिएको खरबुजा । बाणगङ्गा नदीको बगरमा उत्पादित खरबुजा सातदेखि दश किलोको हुने, प्रतिकिलो रु ३० मा बिक्री हुने र लकडाउनका कारण गोदाममा नै थोरै बिक्री हुँदै आएको चन्द्रौटा एमआर फ्रुट सेन्टरका व्यापारी बताउँछन् ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले लागू गरेको लकडाउनको उल्लङ्घन गरी डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा घुमफिर गर्दै स्थानीयवासी ।
धादिङको थाक्रे गाउँपालिका–११ बालुवाफाँटका किसानले लगाएको करेलाखेती । रोग लागेर करेलाको बोट मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान धान खेतीका लागि युरिया मल घर लैजाँदै । वडा कार्यालयको पहलमा २०० भन्दाबढी किसानलाई रासयनिक युरिया मल उपलब्ध गराइएको छ ।
नेपाल मानव धर्म सेवा समिति श्रीहंस सनातन मन्दिरले वितरण गरेको खाना लिँदै विपन्न परिवार । दैनिक २०० जनाभन्दा बढीलाई पोखरा रानीपौवा र लेखनाथको सत्यलोक आश्रमबाट भोजन वितरण गरिँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: