
हेरौं सातै प्रदेशका फोटो समाचार :
धौलागिरी अञ्चल अस्पताल बागलुङलाई बागलुङ केबल टिभीका सञ्चालक राजकुमार श्रेष्ठ र मनोज श्रेष्ठले निःशुल्क हस्तान्तरण गरिएको फुल्ली अटोमेटिक फुल वडी सेनिटाइज टनेल ।
बन्दाबन्दीको समयमा पाल्पाको सदरमुकाम तानसेनबाट भैरवस्थान पुग्ने सडक स्तरोन्नतिको काममा व्यस्त कामदार ।
झापाको बिर्तामोड– भद्रपुर सडकखण्ड निर्माण गर्दै मजदुर । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन ६ सातादेखि मुलुक लकडाउन भए पनि सडक निर्माणाधीन छ ।




भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा सरसफाइ गर्दै स्थानीय महिला कामदार ।



पूर्वको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित इलामको कन्याम चियाबारी । सधैँ पर्यटकको भीड देखिने कन्याम लकडाउन अवधिमा सुनसान छ ।
