×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : विरगञ्जमा कृषि विकास बैंकको लापरवाही, दमौलीमा मुक्तिनाथको पारा उस्तै ! (फोटो-कथा)

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कृषि विकास बैंक वीरगञ्जमा सामाजिक सुरक्षा भत्ता लिन आएकाहरुले सामाजिक दुरी कायम नगरेकोदेखि दमौलीको मुक्तिनाथ विकास बैंकमा पनि उस्तै लापरवाहीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
कृषि विकास बैंक वीरगञ्जमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धा । लकडाउनका कारण वीरगञ्ज महानगरको ग्रामीण क्षेत्रका वृद्धवृद्धा पैदल हिँडेर भत्ता लिन आएका हुन् ।
तनहुँको दमौलीस्थित मुक्तिनाथ विकास बैंकमा रकम झिक्न आएका सर्वसाधारण । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी कायम गर्न अनुरोध गरे पनि बैंकमा आउने सर्वसाधारणले दूरी कायम गरेको देखिएन ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले कोरोना भाइरसको जोखिमका कारण खाद्यान्न सङकट भएका विपन्न तथा  मजदुर,  शारीरिक अशक्तता भएका व्यक्तिलाई राहत वितरण गर्दै ।
कपिलवस्तुको पल्टा गाउँ नजिकै देखिएको लोपोन्मुख खैरौ गिद्ध । मरेको पशु चौपायाको सिनो खान गिद्ध यस क्षेत्रमा बढी आउने गरेको पाइन्छ ।

बारीमा उत्पादित काँक्रो बिक्री गर्न गाउँमा लैजानु अघि  कति केजी भयो भनी तौलिँदै कञ्चनपुर पिपलाडीका महिला । लकडाउन अवधिमा  काक्रोलगायत तरकारी बजार लैजान समस्या भएपछि गाउँमै अन्न र तरकारी साटासाट गर्ने गरेका छन् ।  
छाँयानाथ रारा नगरपालिका र सोरु गाँउपालिकाले काठमाडौँबाट २४ वटा बस रिर्जब गरेर सदरमुकाम गमगढी ल्याएका स्थानीयवासी घरतर्फ जाँदै ।
कोरोना भाइरस सङ्क्रमितबाट मृत्यु भएका खण्डमा नेपाली सेनाको श्री मध्यपूर्वी पृतनाले अन्तिम संस्कारको शव व्यवस्थापनबारे पूर्वाभ्यास गर्दै ।
काठमाडौँमा बसोवास गर्ने म्याग्देलीले कोरोना भाइरसको सङ्क्रमणको रोकथाम र नियन्त्रण अभियानमा सघाउन रु ३ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री शुक्रबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्दै ।
नुवाकोट सूर्यकुण्डफेदीबाट हेलिकप्टरमार्फत उद्धार गरी शुक्रबार काठमाडौँ ल्याइएका  बलेफी गाउँपालिका –४ का सुरज लामा । उनी विगत १४ दिनदेखि हिम पहिरोमा परी हराइरहेका थिए  । 
शुक्लाफाँटा नगरपालिका–४ असैनामा किसान गहुँ बेच्न पालो पर्खिदै  ।  
काठमाडौँको कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रले बनाइएको  पिपिई अस्पतालमा कार्यरत डाक्टर, स्टाप नर्स  र स्वास्थ्यकर्मीलाई  वितरण गरिँदै । राष्ट्रिय आविष्कार केन्द्रका अनुसार अहिलेसम्म छ हजारभन्दा बढी पिपिई निःशुल्क वितरण गरेको छ ।
पोखराको फेवातालमा रहेका डुङ्गा बिहीबार राति परेको पानीले भरिएपछि डुङ्गा डुब्ने डरले  शुक्रबार पानी  फ्याक्दै  माझी ।
लकडाउन अवधिमा भारतमा अलपत्र परेका नेपाली उद्धारपछि गाउँ फर्किदै । सरकारले दार्चुलाका दुई वटा नाकाबाट एक हजार २९० जनालाई उद्धार गरेपछि सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी  गाउँ पठाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: