×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : प्रधानमन्त्रीद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस, म्याग्दीमा धमाधम सडकको काम हुँदै !

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिएको देखि म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलदेखि अस्पताल जोड्ने सडकमा ढल व्यवस्थापनका लागि नाला निर्माण गर्दै मजदुरसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।
म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलदेखि अस्पताल जोड्ने सडकमा ढल व्यवस्थापनका लागि नाला निर्माण गर्दै मजदुर । 
डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँमा काफल बेच्नका लागि ग्राहकको पर्खाइमा महिला । यहाँका महिलाले जङ्गलबाट काफल टिपेर बिक्री गरी घर खर्च चलाउँदै आएका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको पिसिआर मेसिन । उक्त मेसिन सञ्चालन शुभारम्भपछि कोभिड–१९ परीक्षण गर्न सोही अस्पतालमा सम्भव भएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा  पिसिआर मेसिनको सोमवार उद्घाटन गरिँदै ।उक्त मेसिन शुभारम्भपछि कोभिड–१९ परीक्षण गर्न सोही अस्पतालमा सम्भव भएको छ ।
सूर्यविनायक नगरपालिकाअन्तर्गत चखुक्षेत्रमा सोमबार बिहान धानको बीज छर्दै किसान । 
पोखरा महानगरपालिका–६ स्थित बसुन्धरा पार्कको कम्पाउण्ड निर्माण गर्दै मजदुर ।
पोखरा महानगरपालिका–३१ लेखनाथामा अवस्थित वेगनास ताल किनारमा लुगा धुँदै स्थानीयवासी । स्थानीय तहले यहाँ स्नान गर्न तथा लुगा धुन प्रतिबन्ध लगाए  पनि  अवज्ञा गर्दा ताल फोहर हुँदै गएको छ ।
पाल्पाको रामपुरमा फूलका  बिरुवा तयार गर्दै महिला । 
मजुङको क्व्होलासोथर गाउँपालिका–२ मालिङ स्वास्थ्य चौकीमा बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी ।
सेनाले कोभिड–१९ का सङ्क्रमितलाई व्यवस्थित तरिकाले राख्न आर्मी अफिसर क्लव परिसरमा निर्माण गरेको क्वारेन्टाइन । 
ललितपुरको एकान्तकुना सडकखण्डमा फुलेको ज्याकराण्डा फूल । सडकको दायाँबायाँ फुलेको फूलले शहरको सौन्दर्य बढाएको छ । 
सडकमा भोकै भएका कुकुरलाई भृकुटीमण्डपमा खाना खुवाउँदै स्नेहा केयरका अध्यक्ष स्नेहा श्रेष्ठ । 
लकडाउनसँगै रोकिएको तुलसीपुर–४ रक्षाचौरस्थित राप्ती आँखा अस्पतालको बहिरङ्ग विभाग, ओपीडी भवनको निर्माण शुरु भएको छ । निर्माणाधीन भवनको आइतवार नगरप्रमुख घनश्याम पाण्डे लगायत अनुगमन गर्दै । रु पाँच करोड २९ लाखको लागतमा निर्माण सुरुभएको ओपीडी भवनमा हाल सम्म रु दुई करोड बढी खर्च भएको छ भने प्रदेश सरकार बाट अनुदान प्राप्त रु ५० लाख रकमबाट दोस्रो तलाको ढलान हुन लागेको छ ।
भेरी नगरपालिका–३ स्थित भेरी ज्ञानोदय क्याम्पसमा क्वारेन्टाइनमा राखिएका सर्वसाधारण । 
प्रदेश नं २ सरकारले किनेको दुई नयाँ पिसिआर मेशिन राजविराजस्थित गजेन्द्रनारायण सिंह  अस्पतालमा ल्याइएको छ । सप्तरीमा सङ्कलन गरिएको स्वाब परीक्षणका लागि  पिसिआर मेशिन ल्याएको हो ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: