×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : एभरेष्ट बैंकमा लाग्यो ‘पेन्सन’ बुझ्नेको भिड, नाकाबाट धमाधम भित्रिदैँ नेपाली (फोटो-कथा)

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङको एभरेष्ट बैंक लिमिटेडमा दिउँसो पेन्सन बुझ्नेको भीडदेखि लकडाउनका कारण भारत मै रोकिएका नेपाली नागरिक बुधबार वीरगन्ज नाकाबाट प्रवेश गर्दैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार ;
बागलुङ जिल्ला सदरमुकाममा रहेको एभरेष्ट बैंक लिमिटेडमा दिउँसो पेन्सन बुझ्नेको भीड । बन्दाबन्दीको सयमा हप्ताको दुई दिनमात्रै बैंक खुल्न थालेपछि बन्दाबन्दीको उल्लङ्घन गर्दै पेन्सन बुझ्नेको भीड लागेको हो ।
लकडाउनका कारण भारत मै रोकिएका नेपाली नागरिक बुधबार वीरगन्ज नाकाबाट प्रवेश गर्दै । सिमावर्ती भारतीय सहर रक्सौलमा विगत एक महिनादेखि रोकिएका चारसय भन्दाबढी नेपाली वीरगन्ज नाकाबाट नेपाल प्रवेश गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । 
गण्डकी प्रदेशसभाको बुधबार बसेको प्रदेशसभा बैठकमा विनियोजन बिधेयक २०७७–०७८ का सिद्धान्त तथा प्राथमिकता पेश गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । 
शिवालय गाउँपालिका–१ सालतडा र छेडागाड नगरपालिका–१३ बीचमा रहेको छेडा नदीमा सर्वसाधारण वारपार गर्नका लागि बनाएको तुइन । 
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे जुम्लाबाट पाल्पा जिल्ला सरुवा भएपछि बुधबार जुम्लामा विदाई गर्दै जनप्रतिनिधि, राजनितिक, पत्रकारको टोली । उहाँ गत बर्ष १७ फागुनदेखि प्रमुख जिल्ला अधिकारीको रुपमा जुम्ला आउनु भएकी हुन् । 
वीरगन्जको आदर्शनगरमा बुधबार निःशुल्क खाना वितरण  ।  बन्दाबन्दीका कारण रोगजार गुमी खानाको समस्या भएका एक पचास जनालाई  दुई महिनादेखि शाही सेवा संस्थान र समर्पण सेवा ट्रस्ट वीरगन्जले निःशुल्क खाना खुवाउँदै आएका छन् ।
कपिलवस्तु शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा धानको बीउ छर्नका लागि खेत जोत्दै एक किसान । आकाशेपानी नपरेपछि घरमै पानी तान्ने मोटर चलाएर किसानले धानको बीउ छर्दै आएका छन् ।
पाल्पा रामपुर नगरपालिकाको खोप्टार हुँदै रजघरा जोड्ने सडकमा बन्दाबन्दीका बाबजुद  नाली निर्माण गर्दै मजदूर । 
तनहुँको दक्षिण भेगमा पर्ने भिमाद नगरपालिका–७ र म्याग्दे गाउँपालिका–५ जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुल । झोलुङ्गे पुल नजिकै पक्की मोटररेबल पुल बनेपछि उक्त पुल अलपत्र बनेको हो ।
मध्यपुरथिमि नगरपालिका–१ बोडे, सिन्टीटारमा फूलको नर्सरीमा पानी दिंदै स्थानीय फूल व्यापारी । करिब छ रोपनी जग्गामा विभिन्न जातका फूल, गोलभेडा खेती, मौसम अनुसारका तरकारीसमेत उत्पादन गर्दै आएको छ । 
जिल्ला अस्पाताल गुलरियामा २५ वेडको आइसुलेसन कक्षसहित सुविधा सम्पन्न तयारी गरिएको छ । जिल्ला समन्वय समिति बर्दियाका सभापति शंकरप्रसाद  थारु, सुरक्षा निकायका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रहरी उपरिक्षक केदार रजौरे, ससस्त्र प्रहरी उपरिक्षक यादव विक, भैरवप्रसाद गणका मेजर शम्भु शाहीलगायतले आइसोलेसन कक्षहरुको निरीक्षण गर्नुभएको थियो । 
बन्दाबन्दीमा कास्की माछापुच्छ«े गाँउपालिका–२, मेप्राङकी सीमा तामाङ्ग हातमा निउरो लिएर लामाचौरतिर बेच्न जाँदै ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११  गोविन्द शाही र वडा नं ४ का सन्दीप विकलाई सशस्त्र प्रहरीका ८ जना गोताखोर भेरी नदीमा खोज्दै । 
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र दिपायलको आयोजनामा डोटीको दिपायल सिलगढी नगरपालिका–२ दिपायलको दिल्पेश्वर क्वारेन्टिनमा रहेका नागरिकलाई योगा अभ्यास सिकाइदै । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: