×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : बेनिबाट लकडाउन उल्लङ्घन गर्ने पक्राउ, बन्दाबन्दीले स्याउ नबिकेपछि किसान वर्ग चिन्तित !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : बेनिबाट लकडाउन उल्लङ्घन गर्ने पक्राउ, बन्दाबन्दीले स्याउ नबिकेपछि किसान वर्ग चिन्तित !

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लकडाउन उल्लङ्घन गर्नेलाई शुक्रबार सदरमुकाम बेनीबाट नियन्त्रणमा लिएर भ्यानमा लैजाँदै सुरक्षाकर्मीदेखि नबिकेर घरभित्र राख्दा कुहिएको स्याउ देखाउँदै दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुका जीतबहादुर बोहरा र सुधा बोहरासम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।

हेरौं सातै प्रदेशका फोटो समाचार :
लकडाउन उल्लङ्घन गर्नेलाई  शुक्रबार सदरमुकाम बेनीबाट नियन्त्रणमा लिएर भ्यानमा लैजाँदै सुरक्षाकर्मी । म्याग्दीमा एक जनामा सङ्क्रमण पुष्टि भएसँगै बन्दाबन्दी उल्लङ्घनकर्तालाई नियन्त्रणमा लिन थालिएको छ ।
नबिकेर घरभित्र राख्दा कुहिएको स्याउ देखाउँदै दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुका जीतबहादुर बोहरा र सुधा बोहरा ।
स्याङ्जाबाट दुई दिन पैदल हिँडेर दैलेख जान बागलुङ आइपुगेका मजदुर । उनीहरु बागलुङ बजारको ट्राफिक चोकमा अलपत्र परेपछि यहाँका होटल व्यवसायी सञ्जय श्रेष्ठले उद्धार गरी रुकुमको सिमानासम्म पु¥याउने भएका छन् ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मनोहराफाँटमा धान रोप्दै किसान । अहिले रोपेको धान असोजको अन्तिमतिर पाक्ने कृषक बताउँछन् ।
नेपाली काँग्रेस पार्टीको शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बसेको संसदीय दलको बैठक ।
रुकममा हालै भएको हत्यामा संलग्नलाई कारवाही  हुनुपर्ने तथा पीडितका परिवारलाई उचित क्षतिपूर्तिको मागसहित शुक्रबार माइतीघर मण्डल क्षेत्रमा विरोध कार्यक्रममा सहभागी पूर्वसांसद विश्वेन्द्र पासवान । 
पोखरा महानगरपालिका–१९ का  किसानले लगाएको मकैबारीमा पसेर मकै खाँदै बाँदर । घोगा लाग्दै गरेका मकै बाँदरले खान थालेपछि बाली जोगाउन स्थानीय किसानलाई हैरान भएको छ । 
यही जेठ १४ गते भएको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७, पनौतीको सङ्गमस्थल त्रिवेणीघाटस्थित बाढीले बगाएको पुल । पनौती  ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । 
विराटनगरको बरगाछी चोकमा  शुक्रबार चलाइएका सवारी साधनको आवश्यक कागजात जाँच गर्दै  सुरक्षाकर्मी  । 
बाँकेको नरैनापुर गाउँपालिकामा विद्युत् आपूर्तिका लागि काम गर्दै प्राविधिक  ।
रुकुम (पश्चिम) जिल्ला चौरजहारी नगरपालिका–८ सोतीमा यही जेठ १० गते भएको घटनाको छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय समिति संयोजक जीतेन्द्र बस्नेतलाई  जाजरकोटमा शुक्रबार दलित अधिकारकर्मी पार्वती विकलगायत टोली ज्ञापनपत्र बुझाउँदै । 
गण्डकी प्रदेश पोखरामा शुक्रबार कार्यवाहक उपसभामुख सिर्जना शर्माको अध्यक्षतामा बसेको प्रदेशसभा बैठक ।  बैठकमा विनियोजन विधेयक २०७७/०७८ का सिद्धान्त एवं प्राथमिकताका विषयमा छलफल हुँदै ।
भारतबाट आएका डोटी, बोगटान फुड्सिल गाउँपालिकाका नागरिकलाई गाउँपालिकाले निर्माण गरेका क्वारेन्टिनमा राख्न  शुक्रबार दिपायलबाट लगिँदै । 
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको सुनवलस्थित सामुदायिक सिकाइ केन्द्रको भवनमा तयार गरिएको २५ शय्याको आइसोलेशन सेन्टर ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: