×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : सामाजिक दूरी कायम गरेर बुद्ध जयन्ती मनाईन्दै, असिनाले गहुँबाली, फलफूल र तरकारी खेतीमा क्षति पुर्यायो

PRIME CA

सातै प्रदेशका फोटो समाचार : सामाजिक दूरी कायम गरेर बुद्ध जयन्ती मनाईन्दै, असिनाले गहुँबाली, फलफूल र तरकारी खेतीमा क्षति पुर्यायो

अर्थ सरोकार

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सामाजिक दूरी कायम गरेर बुद्ध जयन्ती मनाईन्दैदेखि असिनाले गहुँबाली, फलफूल र तरकारी खेतीमा क्षति पुर्याएसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
२५६४औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार लुम्बिनीको मायादेवी मन्दिरमा बुद्ध पूजामा सहभागी भिक्षु । कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी उनीहरु सामाजिक दूरी कायम गरेर बसेका हुन् । 
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला क्षेत्रमा बुधबार परेको असिना । असिनाले गहुँबाली, फलफूल र तरकारी खेतीमा क्षति पु¥याएको छ ।
रुकुम पश्चिम आठविसकोट नगरपािलका–१३ स्थित भल्मामा खरिद गरेको खाद्यान्न धारागाउँ र घेत्मागाउँ लैजाँदै स्थानीय महिला । 
कैलालीबाट डोटीको दिपायलस्थित पिपल्ला बजारमा थोक व्यापारीले ल्याएको तरकारी तथा फलफूल । यहाँ तरकारीको सहज आपूर्ति नभएपछि जिल्ला बाहिरबाट तरकारी तथा फलफूल आयात गरिन्छ ।
लकडाउन अवधिमा सामाजिक दूरी कायम गरेर खोटाङको दिक्तेल बजारको सडक ढलानका लागि फराकिलो पार्दै कामदार । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा आउँदो असार मसान्तमा सम्पन्न गर्ने गरी रत्नपार्कको किराँत चोकदेखि हाटडाँडासम्मको सडक ढलानको काम शुरु गरिएको हो । 
२५६४ औँ बुद्ध जयन्तीका अवसरमा पोखरा–११ रानीपौवामा नेपाल मानव धर्म सेवा समिति श्रीहंस सनातन मन्दिरमा बिहीबार शान्तिको कामनासहित दीप प्रज्वलन गर्दै सर्वसाधारण । 
मुगुको छायानाथ रारा नगरपालिका—२ को सेरा ज्युलामा जौ बाली भित्र्याउँदै कृषक । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: