×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : ग्लोबल आइएमई बैंकमा दुरी कायम गरी सेवा लिँदै सेवाग्राही, थप ८ जना संक्रमित निको भए !

 काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले ग्लोबल आइएमई बैंकमा सामाजिक दूरी कायम गरी लाइनमा बसेका सेवाग्राहीदेखि बुधबार नै कोशी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज भएकासम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
काठमाडौँको नयाँ सडकमा  बुधबार ग्लोबल बैंकमा सामाजिक दूरी कायम गरी लाममा बसेका सर्वसाधारण ।
प्रदेश नं १ बाट थप आठ जना कोभिड–१९ बाट सङ्क्रमित निको भै बुधबार घर फर्केका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइ निको भइ घर फर्कनेमा पाँच भारतीय नागरिक र तीन जना उदयपुर जिल्लाको भुल्केका रहेका छन्  ।
जिल्लामा रासायनिक मलको अभाव भइरहँदा जिल्लाको सिमावर्ती क्षेत्रमा भारतीय बजारबाट भित्रिएको रासायनीक मल । यस जिल्लामा बार्षिक १५ हजार मेट्रक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि करिव आठ हजार मेट्रिक टन मात्र प्राप्त हुने गरेको कृषि सामग्री कम्पनी लिमिटेडका नवलपरासीले जनाएको  छ । 
प्रधाननमन्त्री केपी शर्मा ओली काठमाडौँको छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र पुगी त्यहाँ भइरहेका गतिविधिबारे बुधबार निरीक्षण, अवलोकन गर्नुहुँदै ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा म्याग्दी नदी नियन्त्रण योजना निर्माणका लागि बुधबार ढुङ्गा सङ्कलन गर्न श्रमदान गर्दै स्थानीयबासी ।
एक दशक बैदेशिक रोजगारमा काम गरेर स्वदेश फर्कनुभएका रामपुरका युवा दिलबहादुर थापा तरकारी खेतीमा रमाउँदै । बन्दाबन्दीको समय बारीमा नै तरकारी खरिद गर्न आउने ग्राहक बढेपछि व्यवसायमा उत्साहित हुनुहुन्छ । 
घोराही उपमहानगरले केही दिन यता भारतको सीमा क्षेत्रमा अलपत्र नागरिकलाई उद्वार शुरु गरेको छ । उद्वारपछि प्रत्येक वडाका नागरिकलाई सोही वडामा क्वारेन्टिन निर्माण गरेर राखिएको छ । सोही क्रममा वडा नम्वर १९ मा बसेका व्यक्तीलाई आफै खाना पकाएर खुवाउदै वडा नम्वर १८ र १९ का अध्यक्ष भरतमणि अर्याल र हर्क घर्तिमगर ।  
भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा ४२ वर्षीय स्थानीय एक पुरुषलाई पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि बुधबार बिहान नेपाली सेना र प्रहरीको टोलीले बस्ती सिल गर्दै ।
दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग ९नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड० । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो । दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ लिम्पियाधुराबाट काली नदी आउँछ । त्यो पहाडको दायाँबाट लिपुलेक कालापानी हुँदै लिपु खोला बग्छ । गुञ्जी दोभानमा आएर मिसिन्छ । छाङरुबाट गुञ्जी १० किलोमिटरको दूरीमा छ । त्यही लिपुखोलालाई काली दावी गरेर भारतले त्यस उता लिम्पियाधुरासम्मको भूभाग भारतले अतिक्रमण गरेको छ । उक्त पहाडमा गुञ्जी, कुटी, नावीलगायत गाउँ पर्छ । बुधबार सरकारले यो सबै भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको हो । 
बन्दाबन्दीको ५८औँ दिन भक्तपुर, मध्यपुरथिमिमा गहुँ भित्र्याउन व्यस्त किसान । 
जुम्लाको चन्दननाथ नगरपालिका–६ लाइज्यूलोमा जौँ काट्दै कृषक । यहाँ हिउँदे जौँ बाली जेठ महिनामा भित्राउने ९भण्डारण० र बर्खे धान बाली रोप्ने गरिन्छ । बर्ष दिनमा दुई बाली मात्र उत्पादन हुने गर्दछ । 
कोराना सङ्क्रमित व्यक्तिको उपचार लागि बनाउन लागेकोे आइसोलेसन कक्षसम्म जाने बाटो बनाउँदै कामदार । कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि सदरमुकाम गुलरियामा २० शैयाको आइसोलेसन कक्ष निर्माण गर्न शुरु भएको छ । आइसोलेसन कक्ष निर्माण पूरा भएपछि जिल्लामा थप कोरोना सङ्क्रमित भेटिएको अवस्थामा त्यहीँ राखेर उपचार हुने छ । बर्दियामा कोरोना अस्थायी अस्पतालको चौतर्फी माग हुन थालेपछि जिल्ला समन्वय समितिको भवनलाई कोरोना विशेष आइसोलेसन कक्षकोरुपमा विकास गर्न लागिएको हो । छिमेकी जिल्ला बाँकेमा दिन प्रति दिन कोरोना सङ्क्रमित बढ्दै जाँदा र छिमेकी मुलक भारतबाट बर्दियाबासी पनि जिल्ला भित्रिने क्रम बढेसँगै उच्च जोखिममा रहेको बर्दिया जिल्लामा थप समस्या आउन नदिनका लागि कोरोना विशेष उपचार केन्द्र आवश्यक रहेको थियो ।
तनहुँको दमौलीमा बुधबार फोहरमैला सङ्कलन गर्दै व्यास नगरपालिका सरसफाइ शाखाका कर्मचारी । बन्दाबन्दीको समयमा पनि नगरपालिकाले नियमितरुपमा फोहरमैला सङ्कलन गरिरहेको छ ।
कुशे गाउँपालिका–५ खुर्पाबाट गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउनका लागि स्टेचरमा बोकेर ढिमेस्थित स्वास्थ्य संस्था लगिइँदै ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १–२ र ३ जोड्ने सडक स्तरोन्नती गरिंदै । उक्त कार्यको तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २ र ३ का जनप्रतिनिधिहरुले संयुक्तरुपमा अनुगमन गर्नुभएको छ ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सहभागी मन्त्रिगण तथा सदस्यहरु । 
जुम्लाको हिमा गाउँपालिका मै हेल्थ डेस्क स्थापना भएपछि गाउँपालिकाका कर्मचारी कोरोना भाइरसको ज्वरो मापन गर्दै स्वास्थ्यकर्मी ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: