
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरे ।
सम्बोधन नै रोकेर प्रधानमन्त्रीले आफूलाई गाह्रो भएको र बस्ने व्यवस्था मिलाइदिन भनेपछि केहीबेर सन्नाटा छायो । संसदका महासचिवलाई सभामुख अग्नी सापकोटाले बसेर सम्बोधन गर्ने व्यवस्था मिलाउन आग्रह गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे। तर प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना गरे । त्यसपछि उनलाई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्