×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : प्रभु बैंकका सीइओद्वारा पत्रकारहरुलाई सहयोग, बजार नपाएपछि लाखौको खरबुजा गोदाममा

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले प्रभु बैंकका सीइओद्वारा पत्रकारहरुलाई सहयोगदेखि बजार नपाएपछि लाखौको खरबुजा गोदाममा राखेकोसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट देखिएको दमौली बजारलगायत आसपासका क्षेत्र । दैनिक दुईतीन सय पर्यटक पुग्ने मानहुँकोट बन्दाबन्दीका कारण यतिबेला सुनसान छ । 
संघीय संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार सिंहदरबारमा बसेको बैठक । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवालीको उपस्थितिमा भारतद्वारा लिपुलेक क्षेत्रमा निर्मित सडक सम्बन्धमा छलफल भएको थियो । 
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आइतबार बागलुङका पत्रकारलाई प्रेस ज्याकेट प्रदान गर्दै । शेरचनले पत्रकार महासङ्घ बागलुङ शाखालाई ५० थान प्रेस ज्याकेट, २०० थान सर्जिकल मास्क र १५ लिटर स्यानिटाइजर सहयोग गर्नुभएको छ । 
भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेन्टाइनमा चौध दिन बसी ९० किलोमिटर हिँडेर खटीमा आइपुगेका नेपाली श्रमिकलाई पुन: भारतीय प्रशासनले बसमार्फत रुद्रपुर पु¥याएको छ । 
‘लकडाउन’का कारण काठमाडौँमा अलपत्र खोटाङ्गेलाई उनीहरुकै कोठा पुगेर राहत सामग्री वितरण गर्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई । ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत विभिन्न दाताबाट सङ्कलित खाद्य सामग्री अलपत्र विद्यार्थी, मजदुर तथा विपन्न परिवारलाई वितरण शुरु गरिएको छ ।
काठमाडौँको कालिमाटी फलफूल बजारमा बिक्रीका लागि भारतबाट ल्याइएको खरबुजा गोदाममा राख्न गाडीबाट निकाल्दै कामदार ।
झापाको बिर्तामोडमा आइतबारदेखि शुरु गरिएको निःशुल्क खाना वितरण । असहाय र विपन्न वर्गलाई राहत दिन सञ्चालित ‘एकका लागि एक’ अभियान अन्तर्गत खाना वितरण कार्यक्रम शुरु गरिएको हो ।
लकडाउनकै बीच नेपालको भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेको विरोधमा नेपाल मजदुर किसान पार्टीको भ्रातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आइतबार भक्तपुरमा निकालेको जुलुस । 
एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण भुसालको हत्या भएको १८ दिन भइसक्दा पनि हत्यारा पत्ता लगाई कारवाही नगरिएको भन्दै स्थानीयवासीले आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा–९ मसुरिया सडक अवरुद्ध गर्दै ।
संघीय संसद् भवन नयाँबानेश्वमा आइतबार बसेको प्रतिनिधिसभाकोे बैठकमा सहभागी सांसद ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: