- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रभु बैंकले नयाँ सफ्टवेयर जडान गरेको छ । नयाँ सफ्टवेयर जडान गरेसंगै बैंकका सम्पूर्ण ग्राहकको खाता नम्बर परिवर्तन भएको हो । बैंकको बैंकिङ सफ्टवेर प्रतिस्थापन गर्ने कार्य सकिएको र त्यस क्रममा साविकको खाता नम्बर परिवर्तन भएको बैंकले जनाएको छ ।
खाता परिवर्तन भएसंगै बैंकले नयाँ खाता नम्बर लिन ग्राहकलाई आग्रह गरेको छ । बैंकले मोवाइल बैंकिङ सेवा लिएका ग्राहकहरुलाई नयाँ खाता नम्बर एसएमएसमार्फत उपलब्ध गराईने र अन्य ग्राहकहरुले अनुकुल भएका जुनसुकै शाखाबाट पनि खाता नम्बर लिन सक्ने ब्यबस्था गरिएको छ । खाता नम्बर लिन अनुकुल नभएमा तत्कालका लागि पुरानै खाताबाट समेत कारोबार गर्न सकिने बैंकले प्रष्ट पारेको छ ।