
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना रोकथामका लागि सेना परिचालन गर्न कर्णाली प्रदेश सरकारले नेपाल सरकारसँग माग गरेको छ । ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन गर्न प्रदेश सरकारले अनुमति मागेको हो ।
प्रदेशमा कोरोना फैलिन थालिइसकेको र नेपाल प्रहरी तथा सशस्त्रले शान्ति सुरक्षासम्बन्धी अन्य कामसमेत गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको बैठकले सेना परिचालनका लागि स्वीकृति मागेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । कोरोनाका कारण रोजगारी गुमेपछि औसतमा दैनिक ४ हजार कर्णालीवासी भारतबाट फर्किने गरेका छन् । हाल कर्णालीका ८० हजार नागरिक भारतमा रहेको र ३० हजार फर्किने प्रदेश सरकारको अनुमान छ ।
ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ । हालसम्म कर्णालीमा भारतबाट आएका २३ जनामा कोरोना पुष्टि भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्