×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : ग्लोबल आइएमई बैंकमा सेवा लिनेको भिड, सामाजिक दूरी कायम गरी सडक निर्माण गर्दै मजदुर (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सातै प्रदेशका फोटो समाचार : ग्लोबल आइएमई बैंकमा सेवा लिनेको भिड, सामाजिक दूरी कायम गरी सडक निर्माण गर्दै मजदुर (फोटो-कथा)

Artha Sarokar

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लकडाउनको समयमा बनेपाको ग्लोबल आइएमई बैंकमा सेवा लिनेको भिडदेखि लिएर सामाजिक दूरी कायम गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ बेलडाँडी गाँउ जोडने सडक निर्माण गर्दै मजदुरसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
बन्दाबन्दी अवधिमा बनेपाको मुख्य बजार चाँदनीचोकको ग्लोबल आइएमई बैंकमा आइतबार सेवा लिन पुगेका सेवाग्राही । यसअघि दैनिक सञ्चालन भएको बैंक तथा वित्तीय संस्थाहरु जिल्ला प्रशासन काभ्रेपलाञ्चोकले आइतबारबाट हप्ताको तीन दिन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । 
फेवातालमा माछा छोप्नका लागि जाल हाल्दै एक व्यक्ति । बन्दाबन्दीसँगै फेवाताल किनारामा जाल हाल्ने र बल्छी थापेर माछा मार्नेको भीड नै लाग्ने गरेको छ । 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइतबार युवा स्वयम्सेवी जुम्लाद्धारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै रक्तदाता । सो कार्यक्रममा १६ जनाले रक्तदान गरेका छन् । 
बन्दाबन्दी समयमा नेपाली सेनाको भेषमा सवारी साधन चलाई लकडाउन उल्लङ्घन गरेको गुनासो प्राप्तपछि बानेश्वर चोकमा आइतबार सैनिक पोशाक लगाएर सवारीसाधन चलाउनेहरुको सवारीको पास भए नभएको जाँच गर्दै सैनिक प्रहरी । नेपाली सेनाले उपत्यकाको नयाँ बानेश्वर, महाराजगञ्ज, कालीमाटी र थापाथलीमा सैनिक प्रहरी खटाइ जाँच गरेको छ ।
कैलालीको टीकापुरमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा युवा कृषक टेकेन्द्र धामीले तयार गरेको केराको बेर्ना । सिँचाइ आयोजनाले फलफूल खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने गरेको छ । 
बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी भक्तपुरको सुुर्यविनायकमा गहुँबाट भुस छुटाउँदै किसान ।
बन्दबन्दीमा सामाजिक दूरी कायम गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ बेलडाँडी गाँउ जोडने सडक निर्माण गर्दै मजदुर । अनौखी खोलमा पक्कीपुल र गाँउसम्म जोडने सडक निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरदेखि ढुङ्गेबजार जोड्ने सडक कालोपत्र गर्नका लागि सामाजिक दूरी कायम गरी सडक सफाइ गर्दै श्रमिक । बन्दाबन्दीमा काम पाइएपछि उनीहरु खुशी छन् । 
म्याग्दीको मालिका गाउँपालिका–६ दुखुमा बाँझो जमीनमा खेती गर्नका लागि हलो जोत्दै । गाउँपालिकाले एक घर एक आत्मनिर्भर भन्ने नाराका साथ बाँझो जमीनमा खेती गर्ने अभियान शुरु गरेको छ ।
दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेको छाङरु बस्तीको प्रवेश द्वार । हिउँदमा जाडोका कारण स्थानीयवासी बेसी झरेपछि बस्ती खाली हुने गर्दछ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी