
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुगेको छ । आइतबारसम्ममा प्रदेश २ मा १ सय २२ जना कोरोना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कमा उल्लेख छ ।
तर, सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका ८ र बाराका १ गरी ९ जना कोरोना सङ्क्रमित पुष्टि भएसंगै यस प्रदेशमा संक्रमित संख्या १ सय ३१ पुगेको छ ।
सोमबार पूष्टि भएको ९ जना संक्रमितमा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष रहेका थिए ।
सोमबार बिहानसम्म प्रदेशको ८ जिल्लामध्ये रौतहटमा २१, बारामा ५, पर्सामा ९१, धनुषामा ५, महोत्तरीमा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १/१ जनामा कोरोना पुष्टि भएकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्