×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको मोडल र अवधि तय गर्न प्रधानमन्त्री सहितको उच्च स्तरीय समितिको बैठक बस्दै

LAXMI SUNRISE BANK

लकडाउनको मोडल र अवधि तय गर्न प्रधानमन्त्री सहितको उच्च स्तरीय समितिको बैठक बस्दै

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार ( आज ) बैठक बस्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आज बेलुका ४ बसे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिएका हुन् ।
आज बस्ने बैठकले अब हुने लकडाउनको मोडल र अवधि तय गरी निर्णयको लागि मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने छ । सोमबार बसेको समितिको बैठकमा लकडाउनको मोडलबारे छलफल भएपनि कस्तो मोडलमा लकडाउन अवधि थप गर्ने भन्नेबारे निर्णय भने भएन । यद्यपि बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन दिएको थियो । 
निर्देशन अनुसार मंगलबार बस्ने समितिको बैठकमा गृह, अर्थ र स्वास्थ्य मन्त्रालयले लकडाउनको खाका पेश गर्नेछन् । समितिमा आउने खाकाहरुमा छलफल पश्चात समितिले मंगलबारै लकडाउन कति समय लम्ब्याउने भन्नेबारे मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । 
संक्रमणको जोखिम हेरेर केही ठाउँमा लकडाउन खुकुलो बनाईने सम्भावना छ । ठाउँको अवस्था हेरी ग्रीन, रेड र एल्लो जोन गरी क्षेत्र निर्धारण गरिने जनाईएको छ। सरकारले पछिल्लो समय थप गरेको लकडाउन अवधि बैशाख २५ सम्म कायम छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी