
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका हुन् ।
गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गरौँ भन्ने आग्रहका साथ प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि अपिल गरेका हुन् ।
बुद्धजयन्तीको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गौतम बुद्धको स्मृति र सम्मानमा उहाँका शान्तिका सन्देशहरु हामी सबै मिलेर सम्प्रेषण गरौं ।’ प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्