×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमित पत्रकार भन्छन् – ‘सिडियो र डिएसपीसहित ७५ जनासँगै थियौँ’

PRIME CA
GLOBAL IME BANK

संक्रमित पत्रकार भन्छन् – ‘सिडियो र डिएसपीसहित ७५ जनासँगै थियौँ’

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । मंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये ४ जना पत्रकार रहेको पाइएको छ । नारायणी अस्पतालका डाक्टर मदनकुमार उपाध्यायले ४ जना पत्रकारकर्मी रहेको बताएका हुन् । ‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ’ उनले भने ‘रिपोर्टिङका क्रममा कतै संक्रमित भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको छ ।’
यता संक्रमित पत्रकारहरुले भने आफूहरु केही दिनअघिदेखि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमी सँगसँगै रहेको बताएका छन् । चार दिनअघि जिल्लामा भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्ध पर्साका पत्रकार आन्दोलनरत छन् । आन्दोलन र त्यसबारे उनीहरुले विभिन्न पक्षसँग भेला भएरै छलफल गरेका हुन् । ‘सिडियो र डिएसपीसहित हामी ७५ जना भन्दाबढी छलफलमा सँगै थियौँ ।’ संक्रमित एक पत्रकारले भने । 
जसले गर्दा पर्सामा अझै कोरोना संक्रमण बढ्न सक्ने स्थिति देखिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: