×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा कोरोना पुष्टि भएका १४ जना बाग्लुङको गलकोटबाट गएका थिए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पर्सामा कोरोना पुष्टि भएका १४ जना बाग्लुङको गलकोटबाट गएका थिए

Artha Sarokar

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम




  • अर्थ सरोकार सम्बाददाता 
पर्सा । मंगलबार पर्सामा कोरोना भाइरस पुष्टि भएका ३९ जनामध्ये १४ जना बाग्लुङ गलकोटबाट गएको पाईएको छ । १४ जना लकडाउनमा बाग्लुङमा काम रोकिएपछि एउटा बसमा पर्सा फर्किएको पाइएको हो । उनीहरु हटिया बजार क्षेत्रमा फर्निचर उद्योग, घर बनाउने काम गर्दै आएका थिए ।

उनीहरुसंगै बसमा ४२ जनाले यात्रा गरेका थिए । यीमध्ये ६ जना भारतीय नागरिक पनि भएको खुलेको छ । भारतीय नागरिकहरु त्यहाँबाट भारत गइसकेका बताइएको छ । उनीहरु पर्सा पुगेपछि गाउँपालिकाले मंगल माविको क्वारेन्टाइनमा राखेको थियो । उनीहरुले दैनिकी चलाउन समस्या भएको गुनासो गरेपछि नगरपालिकाले गृह जिल्ला पठाएको हो ।
क्वारेन्टाइमा भएका ६२ जनाको स्वाब परीक्षण गर्दा १४ जनाको पोजेटिभ आएको हो । तर, उनीहरुमा कुनै लक्षण देखिएको थिएन । अब कोरोनाभाइरस संक्रमितहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा पठाउने तयारी भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी