
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सोमबार थप २ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष निको भएर घर फर्किएको जनाएको छ । योसँगै नेपालमा निको हुने संक्रमितको संख्या ३३ पुगेको छ । उनीहरुको दुईवटा पीसीआर परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजै कपिलवस्तुका १० जना पुरुष तथा सप्तरी जिल्लाका एक जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १२१ पुगेको पनि मन्त्रालयले जनाएको छ । यसमध्ये ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् । हालसम्म प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ४० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।
देशभर क्वारेन्टाइनमा १२ हजार ७०१ जना छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ५३ जना रहेका छन् । सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या प्रदेश ५ मा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्