×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश २ मा तीन हजार ५२० जनाको स्वाब संकलन, एक हजार ७३ को रिपोर्ट आउन बाँकी !

PRIME CA
GLOBAL IME BANK

प्रदेश २ मा तीन हजार ५२० जनाको स्वाब संकलन, एक हजार ७३ को रिपोर्ट आउन बाँकी !

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – प्रदेश नं २ मा हालसम्म तीन हजार ५२० जनाको स्वाब परीक्षण (पिसीआर) का लागि नमूना सङ्कलन गरिएको छ । शनिबार ३४७ जनाको स्वाब सङ्कलन गरिएपछि यो संख्या तीन हजार ५२० पुगेको हो ।
प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाको छप्कैया बस्तीमा सघन स्वाब सङ्कलन जारी राखिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको कार्यालय जनकपुरधामले जनाएको छ । प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएमध्ये दुई हजार ४४७ को नतिजा प्राप्त भएको कार्यालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए । जसमा दुई हजार ४१६ को नतिजा नेगेटिभ र ३१ जनाको पोजेटिभ पुष्टि भएको छ । एक हजार ७३ को भने रिपोर्ट आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ ।
पोजेटिभ नतिजा आएमध्ये तीन भारतीयसहित २५ जना पर्साका छन् । त्यसबाहेक रौतहटका तीन, बाराका दुई र सर्लाहीका एक जना भएको कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ । प्रदेशभरिमा अहिले ४५ जना शङ्कास्पद आइसोलेसनकक्षमा राखिएका छन् । हाल प्रदेशका क्वारेन्टाइन केन्द्रमा एक हजार ३९२ र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको सङ्ख्या चार हजार ५१२ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: