×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको उच्च जोखिममा प्रदेश नं २ : सीमावर्ती क्षेत्रका नागरिकलाई सजग हुन आग्रह !

LAXMI SUNRISE BANK

कोरोनाको उच्च जोखिममा प्रदेश नं २ : सीमावर्ती क्षेत्रका नागरिकलाई सजग हुन आग्रह !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सप्तरी । प्रदेश नं २ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने गरेकाले यो प्रदेश उच्च जोखिममा देखिएको हो । भारतमा अहिले पनि लकडाउन जारी छ । तर, मजदुरलाई गन्तव्यमा पु¥याउनका लागि रेलसेवा सञ्चालनमा ल्याएको छ । कोरोनाबाट अतिसङ्क्रमित दिल्ली, मुम्बईलगायत ठूला शहरबाट रेलसेवा शुरु भएपछि त्यहाँ बसेका नेपाली कामदार र विद्यार्थी पनि फर्कने छन् । उनीहरुसँग कोरोना सङ्क्रमित व्यक्ति पनि भित्रिने सम्भावना प्रवल रहेकाले प्रदेश नं २ कोरोनाको थप जोखिममा देखिएको हो ।
यस प्रदेशमा मङ्गलबारसम्म ९५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी पर्सामा ७९ जना कोरोना सङ्क्रमित छन् । रौतहट र बारामा तीन/तीनजना, धनुषा, सर्लाही र महोत्तरीमा दुई/दुई तथा सप्तरीमा एकजना कोरोना सङ्क्रमित फेला परेका छन् । 
भारतबाट ठूलो सङ्ख्यामा मानिस अनिधिकृतरुपमा भित्रिएको खण्डमा सोको पहिचान गरी क्वारेन्टाइन गर्ने कार्य चुनौतीपूर्ण हुने भएकाले यसतर्फ सीमावर्ती जिल्लाका बासिन्दा थप सजग हुनुपर्ने देखिएको छ । यस प्रदेशको आठवटै जिल्लाको सिमाना भारतसँग जोडिएको छ । भारतबाट प्रवेश गर्ने १०९ वटा प्रवेशमार्गबाट आवतजावत पूर्णरुपले बन्द गरिएको छ । सिमानामा सशस्त्र प्रहरीलगायतका सुरक्षाबल अहोरात्र खटिरहेका छन् । तर, पनि खुल्ला सिमानाको गलत फाइदा उठाइ कतिपय व्यक्ति भित्रिने गरिएका कारण यस प्रदेशका बासिन्दा चिन्तित बनेका छन् ।
सिमानाको नजिकमा रहेका नेपाली बस्तीका बासिन्दाले सक्रिय भएर अपरिचित व्यक्तिको आवतजावतमा पूर्णरुपमा रोक्न अग्रसर हुनुपर्ने देखिएको छ । खासगरी रातिको समयमा सजग हुनुपर्ने आवश्यकता रहेको र सिमानामा खटिएका सुरक्षाकर्मीसँग मिलेर पहरेदारी गर्नुपर्नेमा यस प्रदेशका बासिन्दाले जोड दिएका छन् । 
यस सम्बन्धमा सप्तरीको सीमावर्ती तिलाठी–कोइलाडी गाउँपालिका–३ का वडाध्यक्ष मनोजकुमार चौधरीले सिमानामा कडा सुरक्षा व्यवस्था छ । मानिसको आवतजावत पूर्णरुपले बन्द रहेको छ । तर, भारतमा रेलसेवा सञ्चालनमा आएपछि भित्रिने सम्भावनातर्फ हामीहरु सचेत छौँ भन्नुभयो । आवश्यक परे समूह गठन गरेर पहरेदारी गर्ने उहाँले बताउनुभयो ।
जनकपुरधामका राम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरीले कोरोना महामारी बच्न र आफ्नो रक्षाका लागि स्थानीयवासीलाई एक्यबद्ध हुनुपर्ने र ग्रामीण क्षेत्रमा समूह बनाएर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अनिधिकृतरुपमा प्रवेश गर्नेहरु नदीनालाको कछार भएर र अनकन्टार ठाउँबाट खासगरी रात्रिको समयलाई बढी उपयोग गर्ने गरेकाले सो क्षेत्रमा बढी सतर्कताका साथै प्रकाशको व्यवस्था गरेर जसरी पनि आवागमनलाई रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
भारतको क्वारेन्टाइनको अवधि पूरा गरी प्रवेश गर्ने र लुकीछिपी भित्रिने गरेका प्रत्येक व्यक्तिलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । यस कार्यका लागि प्रदेश सरकारले सीमावर्ती क्षेत्रमा स्थापना भएका क्वारेन्टाइनको स्तरमा सुधारका साथै श्ययाको सङ्ख्यामा वृद्धि गर्नका लागि सम्बन्धित पालिकालाई आग्रह गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताउनुभयो ।
यस प्रदेशमा अहिलेसम्म १७९ वटा क्वारेन्टाइन सञ्चालित छन् । सप्तरीमा ३५ वटा क्वारेन्टाइनमा ६९२ श्यया, सिरहाको २० वटा क्वारेन्टाइनमा ४०७ श्यया, धनुषाको १७ क्वारेन्टाइनमा ३६२ श्यया, महोत्तरीको १९ क्वारेन्टाइनमा ३८५ श्यया, सर्लाहीको ३७ क्वारेन्टाइनमा ६८८ श्यया, बाराको १७ क्वारेन्टाइनमा ५८९ श्यया, रौतहटको १६ क्वारेन्टाइनमा ७०५ श्यया र पर्साको १८ क्वारेन्टाइनमा ५६५ श्यया गरी चार हजार १५८ श्ययाको रहेका छन् । यसका साथै आठवटै जिल्लामा गरी ३०२ आइसोलेशन श्यया रहेका छन् ।
भारतबाट भित्रिनेको सङ्ख्यामा अत्यधिक वृद्धि भएको खण्डमा थप क्वारेन्टाइन बनाउनुपर्ने देखिएको छ । अहिले स्थापित क्वारेन्टाइनमा एक हजार ४६८ जना र आइसोलेशनमा ४० जना बसेका छन् । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी