- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १२० पुगेको छ । आज (सोमबार) एकै दिन कपिलवस्तुका १० जनामा संक्रमण पत्ता लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै १० जना पुरुष छन् । उनीहरु यसअघि कपिलवस्तुमा कोरोना भाइरसका संक्रमितको सम्पर्कमा अएकाहरु हुन् । संक्रमितहरु यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका ७ र १० का हुन् । सबैजना १८ देखि ३४ वर्ष बीचका छन् ।
को हुन् संक्रमित :
१- कपिलवस्तुका १८ वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
२- कपिलवस्तुका १९ वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
३- कपिलवस्तुका २० वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
४- कपिलवस्तुका २० वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
५- कपिलवस्तुका २४ वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
६- कपिलवस्तुका ३० वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
७- कपिलवस्तुका ३१ वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
८- कपिलवस्तुका ३४ वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
९- कपिलवस्तुका ३४ वर्षीय पुरुष – २९ वैशाखमा पत्ता लागेको
१०- कपिलवस्तुका उमेर नखुलेको पुरुष – २९ वैशाखमा पत्ता लागेको