
- अर्थ सरोकार सम्बाददाता
रुपन्देही – प्रदेश नं ५ मा दुई दिनमा १७ जना कोरोना संक्रमित भेटिएपछि सुरक्षा सतर्कता बढाइएको छ ।बन्दाबन्दीबीच रुपन्देहीका कोरोना संक्रमित युवक भारतबाट सहजै आएपछि प्रदेशका सिमानामा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवराज पोखरेलले बताए ।
शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएको थियो । प्रवक्ता पोखरेलले प्रहरीले बन्दाबन्दीको पूर्ण पालनाका लागि विशेष निगरानी गरेको जानकारी दिए । ‘सबै ठाउँमा प्रहरीले हेर्न भ्याउने अवस्था छैन, नागरिक आफैँ सचेत भएमा लकडाउनको पालना हुने हो’ उनले भने ‘यस समयमा सबै मिलेर कोरोनाको जोखिम कम गर्नुपर्छ ।’
एकै पटक धेरै संख्यामा कोरोना भेटिएपछि रुपन्देहीसहित प्रदेशका सबै जिल्लामा सुरक्षा सतर्कता कडा बनाइएको हो । प्रदेश नं ५ मा पहिलो पटक रुपन्देहीको कोटहीमाई र बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोटहीमाई – १ का २५ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएपछि बुटवलस्थित कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ । यस्तै बाँकेमा पनि १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै थप सजगता अपनाइएको छ । आइतबार अपराह्न ९ र राति ६ गरी एकै चोटि १५ जनामा कोरोना देखिएसँगै नेपालगञ्जवासीमा त्रास देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्