- अर्थ सरोकार सम्बाददाता
नवलपरासी । पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । देवचुली नगरपालिका–१ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जेठ १० गते भारतको हरिद्धारबाट आएका उनाई नगरपालिकाले जनज्योति नमुना माविको क्वारेन्टाइनमा राखेको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
पोखरामा गरिएको परीक्षणमा संक्रमणको पुष्टि भएपछि उनलाई बुधबार राति नै भरतपुर कोरोना विशेष अस्पतालमा लगिएको देवचुली १ का वडाअध्यक्ष लक्ष्मण राज भण्डारीले बताए ।
संक्रमितसँगै क्वारेन्टाइनमा रहेका २७ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्