×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंबाट प्यूठान गएका ११ जनाको आरडिटी रिपोर्ट ‘पोजेटिभ’, थप परिक्षणका लागि स्वाब भैरहवा पठाउने तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काठमाडौंबाट प्यूठान गएका ११ जनाको आरडिटी रिपोर्ट ‘पोजेटिभ’, थप परिक्षणका लागि स्वाब भैरहवा पठाउने तयारी

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
प्यूठान – प्युठानमा ११ जनाको र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडिटी) परिक्षण पोजेटिभ देखिएको छ । काठमाडौंबाट प्यूठान गएका ११ जनाको आरडीटी परीक्षण पोजेटिभ देखिएको  हो । काठमाडौंबाट गएसँगै उनीहरुलाइ प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा रखिएको थियो । उनीहरु सबैजना प्यूठान नगरपालिकाका हुन् ।
जसमा ८ जना पुरुष र ३ जना महिला रहेका छन् । प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीका अनुसार उनीहरु सबैको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरुको स्वाब पिसिआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन ।  नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी