
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्सवजनिक गरेको विवरण अनुसार बैंकका अधिकांश सूचकमा सुधार देखिएको छ भने बैंकले सो अवधिसम्ममा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले सो अवधिमा कमाएको नाफा अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ९४ लाख २४ हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१ करोड ९६ लाख रुपैयाँ बढेर २ अर्ब ७५ करोड रुपैयाँ पुग्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६ करोड २ लाख रुपैयाँ बढेर १ अर्ब ४८ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा १.४१ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ५० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ४८ करोड ११ लाख रुपैयाँ बढेर १ अर्ब १२ करोड पुगेको छ । दर्जनौं कर्मचारीहरुलाई बैंकबाट भीआरएसका नाममा निकाल्दा यस्तो खर्च बढेको हो ।
जगेडा कोषमा ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा ६ करोड ९२ लाख रुपैयाँ रहेको छ।
९ अर्ब ५५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको बैंकको प्रति शेयर आम्दानी १४ रुपैयाँ १३ पैसा छ, जुन अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा १ रुपैयाँ २७ पैसा कम हो । बैंकको मूल्य आम्दानी अनुपात १२.५२ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्