Skip to content
LAXMI SUNRISE BANK

Q3 Report : वोमी लघुवित्तको खुद नाफामा झिनो सुधार, ईपीएस घट्यो, अन्य सूचक कस्ता ? (अन्य विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा सामान्य सुधार देखिएको छ । ओमीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उसले चालु आवको चैत मसान्तसम्ममा लघुवित्तले ४ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ लाख ६६ हजार रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा लघुवित्तले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.७० प्रतिशतबाट बढेर १.६२ प्रतिशत पुगेको छ भने ईपीएसमा गिरावट आएको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९० पैसा कायम भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ३६ रुपैयाँ २६ पैसा कम हो। सो अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ४५ पैसा रहेको छ भन मूल्य आम्दानी अनुपात ३७.५२ गुणा कायम भएको छ।
 प्रकाशित विवरण अनुसार चालु आर्थिक बर्षको तेश्रो त्रैमाससम्ममा लघुवित्तले १३ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४ करोड ३३ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ५२ लाख ६० हजार रुपैयाँ बढेर ७ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको चुक्ता पूँजी २७ करोड ७८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २० करोड ४० लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले सो अवधिसम्ममा ८२ करोड ४५ लाख रुपैयाँ निक्षेप र १ अर्ब ६ करोड रुपैयाँ सापटीबाट २ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK