×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतारमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, दिनमै ६ सय ७९ जना नयाँ संक्रमित फेला

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कतारमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, दिनमै ६ सय ७९ जना नयाँ संक्रमित फेला

Artha Sarokar

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कतारमा कोरोना संक्रमित दिन प्रति दिन बढ्दै गइरहेको छ । अहिलेसम्म कतारमा संक्रमित संख्या १५ हजार नाघेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसमेत गरेर संक्रमितको संख्या १५ हजार ५ सय ५१ पुगेको छ ।
विश्वका २१२ देशमा फैलिएको कोरोनाको महामारी कतारमा पनि बढ्दै गएको छ । तर कतारमा कोरोना संक्रमित दर तीब्र देखिए पनि मृत्युदर भने कम छ । हालसम्म कतारमा संक्रमितमध्ये १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ६ सय ६४ जना उपचारपछि निको भएका छन् ।
कतारमा करिब ४ लाखको हारहारीमा नेपाली श्रमिक रहेको बताइन्छ । ठूलो संख्यामा नेपाली श्रमिकहरु रहेको हुँदा कतारस्थित नेपाली दूतावासले उनीहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी