- अर्थ सरोकार सम्बाददाता
दोहा । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण कतारमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका एक युवक रहेको बताईएको छ । अन्य सङ्क्रमित नेपालीहरुको कतार सरकारले नि: शुल्क रुपमा उपचार गरिरहेको कतारस्थित नेपाली दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।
कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या केहि दिनदेखि ह्वातै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी कामदार रहेको जनाइए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ कुनै जानकारी छैन ।
कतारमा पछिल्लो २४ घण्टामा ५,०४५ जनामा गरिएको परिक्षणमा थप १,५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको, ६८८ जनालाई निको भएको र एक जनाको मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३८६५१ पुगेको छ । अहिलेसम्म ७२८८ जना पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म १७ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्