×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा क्वारेन्टाइन निर्माणको विषयमा झडप, प्रहरीद्वारा हवाइ फायर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रौतहटमा क्वारेन्टाइन निर्माणको विषयमा झडप, प्रहरीद्वारा हवाइ फायर

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट
  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टाइन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ । कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टाइन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए ।
झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ । स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले बताए । कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टाइनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टाइन निर्माण गर्न खोजेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी