×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेन्टाइनमा बसेका आफन्तलाई मदिरा पुर्याउने २५ वर्षिय युवक पक्राउ…

PRIME CA

क्वारेन्टाइनमा बसेका आफन्तलाई मदिरा पुर्याउने २५ वर्षिय युवक पक्राउ…

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
राप्ती । क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउने राप्ती नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षिय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।
उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्याउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो । घरेलु मदिरासहित नियन्त्रणमा लिइएका थपलियालाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । 
उनको बयानको काम नसकिएकाले उनलाई प्रहरीको हिरासतमा राखिएको छ । क्वारेन्टाइनमा बस्दा मदिरा सेवन गर्न नपाइने उहाँको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: