
काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि कतारले मास्क नलगाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। कतारको मन्त्रीपरिषदले २६ अप्रिल अथवा आउँदो आइतबारदेखि लागू हुने गरी मास्क नलगाउनेलाई तीन वर्षसम्म जेल सजाय र दुई लाख रियालसम्म जरिवाना हुने नियम ल्याएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ।
सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने बताएको छ। यी क्षेत्रमा कार्यरत श्रमिकलाई अनिवार्य रुपमा मास्क लगाउन र कारबाहीबाट बच्न दूतावासले आग्रह गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्