Skip to content
LAXMI SUNRISE BANK

रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित फेला, दिनमै १० हजार ६३३ जना देखियो नयाँ संक्रमित

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रुसमा दिनानुदिन कोरोना संक्रमित बढ्दै गईरहेको छ । रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् । तीन दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा आइतबारयता मात्रै ३१ हजारभन्दा बढीको मृत्यु भएको हो । त्यहाँ मंगलबार पनि १० हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् ।
यसअघि आइतबार एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित देखिएको थियो भने सोमबार १० हजार ५८१ जना संक्रमित भएका थिए ।
रुसमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार ३७० पुगेको छ भने मृत्यु हुनेको कुल संख्या १ हजार ४५१ पुगेको छ । सङ्क्रमितमध्ये १९ हजार ८६५ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ३४ हजार ५४ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK