- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ५ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २१.७०%ले बढी हो। गत वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्रीमार्फतको आम्दानी र सञ्चालन मुनाफा बढेसँगै कम्पनीको खुद नाफामा बढोत्तरी देखिएको हो। प्रकाशित विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विद्युत बिक्रीमार्फत् १२ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ६.१३%ले बढी हो । गत आवमा कम्पनीले विद्युत बिक्रीमार्फत् ११ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा रहेको छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात १०.८२ गुणा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्